Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी

कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमको प्रशिक्षकमा नियुक्त भएका छन् । उनलाई तत्काल लागू हुने गरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको एन्फाले जनाएको छ । एन्फाका अनुसार आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्नेछन् । यसअघि नेपालकै बालगोपाल महर्जन प्रशिक्षकको भूमिका थिए र उनले नेपाललाई थ्री नेसन्स कप दिलाएका थिए ।

फिफा विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने भएपछि एन्फाले अब्दुल्लाहलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

सम्बन्धित खबरहरु