Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

सुनको मूल्य स्थिर

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

सुनको मूल्य स्थिर

शुक्रबार तोलामा ९ सय रूपैयाँ बढेको सुनको मूल्य साताको पहिलो दिन आइतबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन शुक्रबारकै मूल्य अर्थात प्रतितोला ८७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि शुक्रबारकै मूल्य प्रतितोला ८६ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । 
 

सम्बन्धित खबरहरु