Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएको हाे । स्थायी कमिटीका केही सदस्यहरू उपत्यकाबाहिर भएकाले आजका लागि बोलाइएको बैठक स्थगित भएको माओवादीले जनाएकाे छ ।

आज स्थगित भएको बैठक छलफलपछि छिट्टै बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको थियो । नयाँ सरकार गठन प्रक्रियाका बारेमा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको थियो ।

सम्बन्धित खबरहरु