Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

विकास निर्माणका काम गर्दा खानेपानीका मुहान जोगाउनुपर्छ : मुख्यमन्त्री भट्ट

न्युज कारोबार कैलाली चैत २२, २०७७       

विकास निर्माणका काम गर्दा खानेपानीका मुहान जोगाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मुहान सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताएका हुन् ।

'पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर विकास निर्माण गर्दा हुने विनाशलाई पनि ध्यान दिन आवश्यक छ,' मुख्यमन्त्री भट्टले भने, 'प्रदेश सरकार यो कुरामा सजग छ  र यसका लागि नीति बनाएर अगाडि बढ्ने छ ।' उनले सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउन प्रदेश सरकार प्रयत्नशील रहेको बताए । (रासस)

सम्बन्धित खबरहरु