Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

कांग्रेसले थप्यो क्रियाशील सदस्यता वितरण गर्ने समय

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

कांग्रेसले थप्यो क्रियाशील सदस्यता वितरण गर्ने समय

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय थप गरेको छ । यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने गरी कार्यतालिका बनाएको कांग्रेसले ९ जिल्लाले क्रियाशीलको काम नै नगरेपछि समय थपेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता वितरण गर्न समय थपेको हो । जिल्लाले चैत ३० भित्र क्रियाशील वितरण गरी केन्द्रमा विवरण पठाउनुपर्नेछ । यस्तै वैशाख १० गतेभित्र क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने समय छ ।

सम्बन्धित खबरहरु