Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

२७२७ पीसीआर गर्दा १२८ थप जनामा कोरोना पुष्टि, १६१ जना डिस्चार्ज

न्युज कारोबार काठमाडौं चैत २१, २०७७       

२७२७ पीसीआर गर्दा १२८ थप जनामा कोरोना पुष्टि, १६१ जना डिस्चार्ज

शनिबार नेपालमा थप १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १६१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार १२३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३२ पुगेको छ ।

सम्बन्धित खबरहरु