Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट

न्युज कारोबार काठमाडौं चैत २१, २०७७       

मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट

मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट हुने भएको छ । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट आजबाट सुरू हुन लागेको हो । टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम एपीएफ क्लब र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफ र प्रदेश-१ बीचको खेल बिहान ९ बजे सुरु हुनेछ । पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स-११ बीच खेल हुनेछ । दुई टिमबीच खेल दिउँसो १ बजे सुरु हुनेछ । चैत २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पाउने छन् ।

सम्बन्धित खबरहरु