Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

टीकापुरमा जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु

न्युज कारोबार काठमाडौं चैत २१, २०७७       

टीकापुरमा जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु

कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । 

प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जंगली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जंगल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जंगली जनावर जंगल बाहिर निस्कने, जंगलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँछन् ।

‘जंगली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ,’ उनी भन्छन्, ‘उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ । जसले मानिस नै जोखिममा पर्न थालेका छन् ।’ (रासस)

सम्बन्धित खबरहरु