Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुन: सरोजकाजी तुलाधर

न्युज कारोबार काठमाडौं चैत २०, २०७७       

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुन: सरोजकाजी तुलाधर

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकारी तुलाधर चयन भएका छन् । आज शुक्रबार बसेको संघको २४ र २५ ‍औं वार्षिक साधारणसभाले उनलाई नै पुनः अध्यक्ष चयन गरेको हो । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तुलाधर निर्विरोध चयन भएका हुन् । संघको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्स लिमिटेडका सीइओ सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका सीइओ रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका सीइओ अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका सीइओ उद्धवराज थपलिया निर्विराेध चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा मञ्जुश्री फाइनान्सका सीइओ सन्तोष निरौला, सेन्टुल फाइनान्सका सीइओ रजोज्ञमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडका सीइओ लिलामणी न्यौपाने, प्रोग्रेसिभ फाइनान्सका सीइओ विशाल भट्टराई, गोर्खाज फाइनान्सका सीइओ लाल बहादुर थिङ्ग, वेष्ट फाइनान्स लिमिटेडका सीइओ उमेशसिँह भण्डारी निर्विराेध चयन भएका छन् ।

सम्बन्धित खबरहरु