nmb bank

गृहपृष्ठ अपांगता भएकालाई बाख्रा वितरण

अपांगता भएकालाई बाख्रा वितरण

अपांगता भएकालाई बाख्रा वितरण

यहाँको बडिकेदार गाउँपालिकामा अपांगता भएका २७ व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । बडिकेदार गाउँपालिकाको लक्षित वर्ग जीविकोपार्जन कार्यक्रमअन्तर्गत ती बाख्रा वितरण गरिएको हो । बडिकेदार गाउँपालिकाको आर्थिक सहयोग र मोहन्याल दृष्टिविहीन तथा अपांगता सेवा समाजको आयोजनामा बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए ।

गाउँपालिकाभित्रका पाँचवटै वडाका २७ अपांगता भएका व्यक्तिलाई जनही एक/एक वटा बाख्रा वितरण गरेको हो । अपांगता भएका व्यक्तिलाई जीविकोपार्जन गर्न सहयोग र सहज हुने उद्देश्यका साथ बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा (भाट) ले बताइन् । उनले भनिन्, 'गाउँमा घाँसपात पनि प्रशस्त भएको र बाख्रापालनमा पनि सजिलो भएकाले यहाँका अपांगता भएका व्यक्ति सहज होस् भनेर पहिलो चरणमा बाख्रा वितरण गरेका छौँ, आगामी दिनमा अन्य सीपमूलक तालिमसमेत प्रदान गर्नेछौँ ।'

प्रकाशित समय : २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु