Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

नयाँ वर्षको उपलक्ष्यमा ओपो ए १२-३ जीबीको मूल्यमा कटौती, अब १४,९९० मा उपलब्ध हुने

न्युज कारोबार काठमाडौं चैत २०, २०७७       

नयाँ वर्षको उपलक्ष्यमा ओपो ए १२-३ जीबीको मूल्यमा कटौती, अब १४,९९० मा उपलब्ध हुने

प्राविधिक ब्राण्ड ओपोले नजिकिँदो नेपाली नयाँ वर्षको उपलक्ष्यमा ओपो ए१२ ३जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै अब कम्पनीले १४ हजार ९ सय ९० रूपैयाँमा उपलब्ध गराएको हो ।

नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रंगमा उपलब्ध छ । सन् २०२० को अगस्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ । ओपोले आउँदा दिनमा नयाँ वर्ष २०७८ लक्षित थप आकर्षक अफरहरु पनि सार्वजनिक गरिने जानकारी दिएको छ ।

डिस्प्ले

ओपो ए१२ ३जीबीमा ७२०×१५२० पिक्सेल्स सहितको ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ । आइपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९:९ रहेको छ । फोनको स्क्रिन टू बडी रेशियो ८९ प्रतिशत छ । फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि-टच, ईन-सेल, २.५डी कभ्र्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्लाग्लास थ्री ।

क्यामेरा

ओपो ए१२ ३जीबीमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३ एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेरामा टच-टू-फोकस, फेज डिटेक्शनएएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

हार्डवेयर तथा सफ्टवेयर

ओपो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ -एमटी६७६५भी/सीबी) चिपसेटबाट सञ्चारित छ । फोनमा ३जीबी र्याम र ३२ जीबीआन्तरिक सञ्चय क्षमता उपलब्ध छ । प्रयोकर्ताले अतिरिक्त सञ्चयक्षमताको आवश्यकता परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन् । फोनमा रियर-माउण्टेड फिंगरप्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्स लगायत सुविधा पनि उपलब्ध छ । फोनको प्रयोग गर्दा दिनभर प्रयोगकर्ताले ब्याट्रीको चिन्ता लिन नपरोस् र सहजै दिनभर यसको प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

सम्बन्धित खबरहरु