Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केबलकार

न्युज कारोबार काठमाडौं चैत २०, २०७७       

डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केबलकार

सञ्चालनकाे २३औं वर्षमा प्रवेश गरेकाे मनकामना केबल कारण अब डिजिटल प्रविधियुक्त हुने भएकाे छ । कम्पनीका अनुसार प्रथम चरणमा तत्काल अतिआवश्यक र मर्मत गर्न नसकिने पाटपुर्जाहरू फेरिने, दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पाटपुर्जाहरू फेर्ने र अन्तिम चरणमा हाल Analogue System बाट Digital System मा स्तरोन्नति गर्ने, केबूल लठ्ठा (Main Cable) फेरबदल गर्ने, Communicate Cable लाई  Setra Cable  मा रुपान्तरण गर्ने, DC Drive लाई AC Drive मा रुपान्तरण गरी हाल विद्यमान प्रविधियुक्त बनाउने काम हुनेछ ।

उपरोक्त तीन चरणमा कार्य गर्न जम्मा करिब २ वर्षको अवधि अर्थात् पच्चीसौं वार्षिक उत्सवमा नयाँ प्रविधिबाट सञ्चालन हुने कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ । कम्पनीका अनुसार उपरोक्त कार्य गर्दा नियमित मर्मत, सम्भार अलावा उपरोक्त कार्यको लागि पटक-पटक सेवा अवरूद्ध हुनसक्ने छ । सो अवधिभर अवरुद्ध हुने समय अलावा केवलकार सेवा यथावत सञ्चालन हुने कम्पनीका कार्यकारी सञ्चालक राजु बाबु श्रेष्ठले जानकारी गराएका छन् ।

सम्बन्धित खबरहरु