Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

सेयर बजार दोहोरो अंकले वृद्धि, सेन्जेन जलविद्युतमा सर्किट

न्युज कारोबार काठमाडौं चैत १९, २०७७       

सेयर बजार दोहोरो अंकले वृद्धि, सेन्जेन जलविद्युतमा सर्किट

बिहीबार धितोपत्र बजारको सेयर कारोबार दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.८८ अंकले बढेर दुई हजार ६३१.८९ अंकमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ४६६.४२ अंकमा पुगेको छ ।

बुधबार २१८ कम्पनीको एक करोड ४३ लाख ९० हजार ४४७ कित्ता ७ अर्ब २५ करोड ९ लाख २४ हजार रुपैयाँको किनबेच भएको छ । निरन्तर कारोबार हुने १३ उपसमूहमध्ये ४ उपसमूहबाहेक बाँकी कम्पनीको सेयर मूल्य उकालो लागेको छ । होटल तथा पर्यटन ७७.२२, जीवन बिमा ५६.६६, सामुहिक लगानी कोष ०.०३ र लगानी कोषको १.०९ अंले ओरालो लागेको छ ।

त्यस्तै आज बैकिङको ५.४३, व्यापारको ३६८.५७, विकास बैंकको ५२.८८, जलविद्युत २४.०९, वित्त २३.०६, निर्जीवन बिमा २५.०१, उत्पादनमुलक १२.७४, अन्य ६३.९४ र लघुवित्तको २.६९ अंकले वृद्धि भएको छ । त्यस्तै आज सबैभन्दा बढी सेन्जेन जलविद्युत कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित खबरहरु