Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

डिशहोमको नयाँ 'खुशीको उडान' योजनामा बैंकक जाने मौका

न्युज कारोबार काठमाडौं चैत १९, २०७७       

डिशहोमको नयाँ 'खुशीको उडान' योजनामा बैंकक जाने मौका

डिशहोमले नेपालीहरुको विभिन्न उत्सवलाई मध्यनजर गर्दै 'खुशीको उडान' योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको डिशहाेमले जनाएकाे छ ।

यस योजनाले हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नेछ । यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागीता जनाउनलाई  ग्राहकहरुले आफ्नो सदस्यतालाई डिश होमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्नेछ । साथै इ-वालेट एप्स र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।

लक्की ड्रको विजेताहरुको घोषणा ग्राहक सेटअप बक्समा भएको CAS ID को आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात चैत २६ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिनेछ । सक्रिय ग्राहकले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित खबरहरु