Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

बाग्लुङ घटना : ५ जना पक्राउ

न्युज कारोबार बाग्लुङ चैत १८, २०७७       

बाग्लुङ घटना : ५ जना पक्राउ

गत आइतबार बाग्लुङको बडिगाड गाउँपालिका- १०, बल्देधुरीमा होली मनाउने क्रममा भएको झडपमा दुईजना युवाको ज्यान गएको घटनामा सोधपुछका लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । साेधपुछका लागि ५ जनालाई नियन्त्रणमा लिइएको बाग्लुङका प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।

एसपी मगरका अनुसार उनीहरुलाई बागलुङ र गुल्मी जिल्लाबाट पक्राउ गरिएको हाे । प्रहरीले घटना भएको चार दिनपछि उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त घटनामा निसिखोला गाउँपालिका- ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको ज्यान गएकाे थियाे । मृतकको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो । घटनामा ६ जना घाइते भएका थिए । घाइतेमध्ये ५ जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्केका छन् ।

घटनाको कारण भने एक समूहकी युवतीलाई अर्को समूहका युवकले जबरजस्ती रङ दल्दा विवाद सुरू भएकाे र त्यसैले झडपकाे रूप लिएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।

सम्बन्धित खबरहरु