Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

बुद्ध एयरको भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान

न्युज कारोबार काठमाडौं चैत १८, २०७७       

बुद्ध एयरको भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान

हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुद्ध एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने भएकाे छ ।

यसैगरी, केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ । बुद्ध एयरले केही समयअगाडि मात्रै एटीआर-७२ जहाज थप गरेको थियो । यसैगरी आउँदो मे महिनामा अर्को एटीआर-७२ जहाज पनि थप्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् । जहाज थपिएसँगै ९ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा बिचक्राफ्ट गरि १४ जहाज बुद्ध एयरसँग रहेको छ ।

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यीबाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाइट पनि गरिरहेको छ ।

सम्बन्धित खबरहरु