Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

दोहोरो अंकले बढ्यो सेयर बजार, व्यापारबाहेकका सबै उपसमूह उकालोमा

न्युज कारोबार काठमाडौं चैत १८, २०७७       

दोहोरो अंकले बढ्यो सेयर बजार, व्यापारबाहेकका सबै उपसमूह उकालोमा

बुधबार धितोपत्र बजारको सेयर कारोबार मापक नेप्से ४० अंकले बढेको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४०.५७ अंकले बढेर दुई हजार ६१६.२३ अंकमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०९ अंकले बढेर ४६३.१९ अंकमा पुगेको छ ।

बुधबार २०९ कम्पनीको एक करोड नौ लाख ५२ हजार २३३ कित्ता सेयर पाँच अर्ब ९६ करोड ७७ लाख ७० हजार ३१४ रुपैयाँमा किनबेच भएको छ । आज व्यापार बाहेकका सबै उप–समूहका सेयर बजार उकालो लागेको छ । १३ उपसमूहको कारोबार भएकोमा व्यापार समूहको सेयरमा १३१.९९ अंकले घटेर ओरालो लागेको हो भने बाँकी सबै समूहमा हरियाली देखिएको छ ।

बैंकिङ २.१९, होटल तथा पर्यटन १.२५, विकास बैंक १ं५७, जलविद्युत १.३९, वित्त ०.७७, निर्जीवन बिमा २.४३, उत्पादनमुलक ०.४३, अन्य १.२१, लघुवित्त ०.५९, जीवन बिमा ०.९४, सामूहिक लगानी कोष ०.४५ र लगानी कोषको सेयरमा १.५८ प्रतिशत बढेको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । महिला लघुवित्तसँगै आज ४ कम्पनीको सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ । जसमा महिला लघुवित्त ९.९७, अजोड इन्स्योरेन्स लिमिटेडको ९.९६, ओमीको ९.९६ र सानिमा जेनरल इन्स्योरेन्सका लगानीकर्ताले ९.९२ प्रतिशत बढी कमाएका छन् ।

सम्बन्धित खबरहरु