न्युज कारोबार
काठमाडौं
चैत १५, २०७७
खेतीयोग्य जमीनमा धमाधम प्लटिङ गर्ने र सार्वजनिक जग्गालाई पनि त्यहीँभित्र पारेर मास्न थालेपछि गोकर्णेश्वर नगरपालिका- २ का युवा संरक्षणमा जुटेका छन् । नगरपालिकाको समेत सहयोग लिएर युवाले सार्वजनिक जग्गालाई तारबारले घेर्न थालेका हुन् ।
युवाले देउवाली चौर संरक्षण समिति गठन गरेर नगरपालिकाको २ नं वडा नयाँपाटीस्थित ढुंगेचौरको एक रोपनी छ आना जग्गा संरक्षण गरेका हुन् । नक्शामा नयाँपाटी- ४ (क) कित्ता नं ६० मा एक रोपनी नौ आना जग्गा भए पनि वरिपरिबाट मिचेको पाइएको समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । सार्वजनिक जग्गा संरक्षण गर्दा सडकका लागि नौ फिट जग्गा छाडिएको समितिले जनाएको छ । तारबार लगाएर सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले दुई लाख ५५ हजार ३०८ रूपैयाँ सहयोग गरेको छ ।
खेतीयोग्य जमीन भएको राजधानीका काठ क्षेत्रमा त्यसलाई मासेर फाँटको बीचमा प्लटिङ गरिए पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । वडा अध्यक्ष कृष्णबहादुर पण्डित प्लटिङको स्वीकृति नगरपालिकाले दिने गरेको बताउँछन् । नगरपालिकाले कित्ताकाट गर्न स्वीकृति नदिई एकमुष्ट जग्गाको अनुमति दिने गरे पनि व्यवसायीले मालपोत र नापीमा कसरी मिलाएर कित्ताकाट गरेका छन् भन्ने थाहा नभएको उनको भनाइ छ ।
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९