Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

झा दम्पती हत्यामा संलग्न रहेको अभियोगमा थप ३ जना नातेदार पक्राउ

न्युज कारोबार काठमाडौं चैत १४, २०७७       

झा दम्पती हत्यामा संलग्न रहेको अभियोगमा थप ३ जना नातेदार पक्राउ

महोत्तरीको पिपरा गाउँपालिका- ५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको हत्यामा संलग्न भएको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेहरुमा स्थानी विकास झा, कैलास झा र शम्भु झा रहेका छन् ।

उनीहरु तीनै जना झा दम्पतीको नातेदार भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा संलग्नता देखिएकाले उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको प्रदेश नम्बर २ प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए । 

फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुई दिनअघि मात्र कंकाल फेला परेको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले यसअघि नै छिमेकी रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहर मधुवनी घर भइ बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित खबरहरु