Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

वनभोज खान गएका वडाध्यक्षको मृत्यु

न्युज कारोबार काठमाडौं चैत १४, २०७७       

वनभोज खान गएका वडाध्यक्षको मृत्यु

कञ्चनपुरमा वनभोज खान गएका एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । 

वनभोज खान गएका उनको घाटीमा मासु अड्केर बेहोस भएपछि एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनले शव परीक्षणका लगि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु