Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

माटोको थुप्रोभित्र भेटियो बेपत्ता झा दम्पतीको शव

न्युज कारोबार जनकपुरधाम चैत १२, २०७७       

माटोको थुप्रोभित्र भेटियो बेपत्ता झा दम्पतीको शव

महोत्तरीको पिपरा गाउँपालिका- २ स्थित अत्तरा जाने बाटोमा थुपारिएको माटोभित्र बिहीबार दुईवटा शव फेला परेको छ । उक्त शवहरू एक महिनाअघि बेपत्ता पिपरा गाउँपालिका- ५ का ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवीकाे नै भएकाे प्रहरीको निष्कर्ष छ ।

झा दम्पती फागुन ११ गते राति घरबाटै बेपत्ता थिए । सुतिरहेको ओछ्यानसहित गायब उनीहरूकाे अवस्थाबारे खुल्न सकेकाे थिएन । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सीआइबीको टोली र एसएसपी मोसाउद अलि खाँको टोली पुगेर घटनास्थललाई नियन्त्रणमा लिई माटोमा गाडिएको शव निकालिएकाे र पोस्टमार्टमको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेकाे प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताव सिंहले जानकारी दिए ।

केही दिनअघि प्रहरीले झा दम्पत्तिको घटनामा संलग्न रहेकाे अभियाेगमा पक्राउ परेका ४ जनालाई सार्वजानिकसमेत गरिसकेको छ । फागुन १३ गते एक पोखरीमा दम्पतीले प्रयोग गर्ने झुल फेला परेको थियो भने घर अगाडिको सडकमा रगतको दाग देखिएको थियो ।

सम्बन्धित खबरहरु