Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

न्युज कारोबार काठमाडौं चैत १२, २०७७       

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको चैत ११ गते बसेको सञ्चालक समितिको १७१ औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ सहित ३.७८९४ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । 

प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ ।


 

सम्बन्धित खबरहरु