न्युज कारोबार
काठमाडौं
चैत १२, २०७७
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा 'बर्दिया टाइगर मिट' कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तालिम प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १४४ जनालाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपालभरबाट माघ र फागुनमा उत्कृष्ट व्यावसायिक सफलता हासिल गरी छनौट भएका सक्रिय सिटिजन लिडरहरूको उपस्थिति थियो । कम्पनीका पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत धोजबहादुर खड्काले धेरै टाढाबाट पनि तालिममा सहभागी भएको भन्दै सम्पूर्ण सहभागीको प्रशंसा गरे ।
कार्यक्रममा प्रमुख अथिति सृष्टि केसीले जीवन संघर्ष र त्यसप्रतिको सकरात्मक सोच, जीवनप्रतिको बुझाइ, भोगाइबारे आफ्ना अनुभव सुनाएकी थिइन् । जीवनमा अझै धेरै गर्न बाँकी रहेको भन्दै उनले सकरात्मक जोस र जाँगर भरेर काम गर्न अनुरोध गरेकी थिइन् ।
कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, प्रमुख व्यवसाय अधिकृत साथै विभिन्न क्षेत्र र शाखा प्रबन्धकहरुको उपस्थिति थियो । समापनको अवसरमा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले पेसालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको र रहिरहने बताए ।
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९