Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

प्रदेश १ सरकारविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिन सात दिने अल्टिमेटम

न्युज कारोबार विराटनगर चैत ११, २०७७       

प्रदेश १ सरकारविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिन सात दिने अल्टिमेटम

नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता एवं मुख्यमन्त्री शेरधन राईले एक साताभित्र अविश्वास प्रस्ताव फिर्ता गर्न सांसदहरूलाई अल्टिमेटम दिएका छन् । बुधबार बसेको संसदीय दलको बैठकमा राईले अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता नलिए विधानअनुसार कारबाही थालिने जानकारी गराएका छन् ।

आजको बैठकमा उपस्थित भएका माधव पक्षका २ जना सांसदले भने केही दिनमै अविश्वासकाे प्रस्ताव फिर्ता लिने बताएका थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरेका छन् । तीमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् । प्रदेश १ सभामा सभामुखसहित एमालेका ५१ सांसद छन् । तीमध्ये २० जना माधव पक्षमा खुलेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री राईलाई बालुवाटार बोलाएर हस्ताक्षर फिर्ता नगर्ने सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि उनले आज प्रदेशको संसदीय दलको बैठक बोलाएर हस्ताक्षर फिर्ता गर्ने समय दिएका हुन् ।

सम्बन्धित खबरहरु