Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

'धरान ओपन गल्फ टुर्नामेन्ट' भोलिदेखि

न्युज कारोबार विराटनगर चैत १०, २०७७       

'धरान ओपन गल्फ टुर्नामेन्ट' भोलिदेखि

धरान ओपन गल्फ टुर्नामेन्ट भोलिदेखि सुरू हुँदैछ । धरान गल्फ क्लबको आयोजनामा धरान १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको पार ७० को गल्फ कोर्षमा चार दिने प्रतियोगिता हुने भएको हो ।

क्लबले विगतमा एमेच्योर प्रतियोगिता मात्र आयोजना गर्दै आएको थियो । यो प्रतियोगितामा भने प्रोफेस्नल गल्फ खेलाडीहरु पनि सहभागी हुने क्लबले जनाएकाे छ । नेपालमा कुनै पनि क्लबले प्रोफेस्नल गल्फ प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो हो । 

चार दिने प्रतियोगितामा ३ दिन मुख्य स्पर्धा हुनेछ । अन्तिम दिन प्रो-एम म्याच हुनेछ । प्रतियोगितामा स्थानीय ६ सहित ३२ जना प्रोफेसनल तथा  १६ जना एमेच्योर गल्फरको सहभागिता रहने क्लबका सचिव जितेन्द्र राईले बताए । उनका अनुसार मुख्य स्पर्धातर्फ उत्कृष्ट २१औं स्थानसम्म रहन सफल खेलाडीहरुले नगद पुरस्कार पाउनेछन् । दुई दिनसम्म ३६ होलको खेल सकिएपछि कप पार गर्ने २१औं स्थानसम्म रहेका खेलाडीहरु पुरस्कृत हुनेछन् ।

प्रथम हुने खेलाडीले नगद ९० हजार पुरस्कार पाउनेछन् भने दोस्रो हुनेले ६० हजार, तेस्रो हुने खेलाडीले ४५ हजार पाउनेछन् । एमेच्योरतर्फ प्रथम र दोस्रो हुने खेलाडीले ट्रफी पाउनेछन् ।

सम्बन्धित खबरहरु