Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

सभा‑सम्मेलन नगर्न जिल्ला प्रशासन मकवानपुरको अनुरोध

न्युज कारोबार मकवानपुर चैत १०, २०७७       

सभा‑सम्मेलन नगर्न जिल्ला प्रशासन मकवानपुरको अनुरोध

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भडभाड हुने काम नगर्न अपिल गरेको हो

प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ । भारतमा तीव्र दरमा कोरोना संक्रमण फैलिएपछि नेपालमा उच्च सतर्कता अपनाउन थालिएको छ ।

सम्बन्धित खबरहरु