Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

अनौठो रोगले चार दिदीबहिनी बिरामी

न्युज कारोबार इलाम चैत ८, २०७७       

अनौठो रोगले चार दिदीबहिनी बिरामी

अनौठो रोगका कारण यहाँको एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका- १ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । 

होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् । 

नैनकला गत पुसदेखि नै यस्तो खालको रोगबाट पीडित छन् । 'उपचारका लागि इलाम अस्पताल, झापा हुँदै काठमाडौँसम्म लगियो बिराम केही पत्ता लागेन,' आमा उमाले गहभरी आँशु पार्दै भने, 'बुढेसकालका साहारा छोरी नै यसरी बिरामी भएपछि कसरी बाँचु ।' घरमा रोगले छोरीलाई चापेपछि बुबा होमबहादुरले दुई जनालाई उपचारमा लगे । उपचार गराउँदासमेत रोग पत्ता नलागेपछि घर नै लिएर आउँदैछन् । सबै एकैपटक बिरामी हुँदा र यथार्थमा के हो भन्ने कुरा पत्ता नलाग्दा समस्या जटिल बनेको वडाध्यक्ष टेकवीर नेम्वाङले बताए । (रासस)

सम्बन्धित खबरहरु