Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

जावा– पेराक नेपालका सबै सो रूममा उपलब्ध, मूल्य कति ?

न्युज कारोबार काठमाडौं चैत ७, २०७७       

जावा– पेराक नेपालका सबै सो रूममा उपलब्ध, मूल्य कति ?

क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले  आजबाट जावा मोटरसाइकलका सबै सो रूममा बीएससिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण गरेको छ । मोटरसाइकलका शौखिनहरूले अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सक्नेछन् ।

अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडका लागि पहुँच प्राप्त गर्न सकिनेछ, जसमा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित छन् ।

जावा मोटरसाइकल नेपालमा २०७७ असोज २७ गते भव्य र नवसिर्जनशील भर्चुअल लन्चिङका प्रस्तुत गरिएको थियो । यसको डिजाइन र प्रदर्शनका कारण मोटरसाइकल शौखिनहरूको मन जित्न सक्षम भएको छ । अहिले अग्नि मोटो इंकले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र पर्खाइ रहेको जावा पेराक ल्याएर सम्पूर्ण नेपालमा आफ्ना शाखा र डिलर भएको स्थानमा उपलब्ध गराएको छ ।

जावा पेराक बीएससिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विडकुल्ड डीओएचसी इन्जिनसहित आएको छ, जुन ३०० एचपी पावर र ३१ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावा फोर्टीटु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली देखिन्छ, । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

स्टाइलअनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्विटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । बबर सौंदर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सिट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बारएन्ड मिरर, काटिएकोफेन्र्डर्स र काटिएकोनिकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोसक सस्पेन्सन  छ । दुवैपाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा डुअल च्यानल एबीएस पनि पाइन्छ । जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५० हजार रुपैयाँ छ ।

बजारीकरण आरम्भ कार्यक्रममा जावा मोटरसाइकल नेपालका महाप्रबन्धक शरद मिश्रले भने, ‘सम्पूर्ण नयाँ पेराक मोटरसाइकलहरू यस पूर्ववर्ती मोडेलहरूजावा र जवा फोर्टी टुभन्दा बिल्कुलै फरक देखिन्छ र यो विभिन्न कारणले मोटरसाइकल ध्यानाकर्षण गराउन सक्ने हुनसक्नेछ भन्नेमा हामी निश्चित छौं ।पेराक नेपाली बजारमा सफल हुने र विशेष गरी युवा र मोटरसाइकलप्रेमीमाझ लोकप्रिय हुनेमा उनले विश्वास व्यक्त गरे ।

जावा चेक गणतन्त्र, पूर्व चेककोस्लोभाकियाको मोटरसाइकल ब्रान्ड हो, जसको ९० वर्ष लामो विरासतसहित जुन आफ्नो उत्कर्षका समयमा १२० भन्दा बढी देशमा क्लासिक, राम्रो इन्जिनियरिङ गरिएका र फरक संरचनाका मोटरसाइकलहरू निर्यात ग¥यो । यो १९६० को प्रारम्भमा भारतीय बजारमा प्रवेश गरेको थियो ।

सम्बन्धित खबरहरु