Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

मालपोत कार्यालयका प्रमुखसहित दुई जनाविरूद्ध विशेष अदालतमा मुद्दा

न्युज कारोबार काठमाडौं चैत ५, २०७७       

मालपोत कार्यालयका प्रमुखसहित दुई जनाविरूद्ध विशेष अदालतमा मुद्दा

मालपोत कार्यालय सिमरा बाराका कार्यालय प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखनदास बद्रीप्रसाद बडालउपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरूद्ध विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको छ । उनीहरूलाई ६ लाख बिगो कायम गरी आरोपपत्र दायर गरेको गरेको हो ।

उनीहरूले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने र उक्त काम गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने निवेदनको आधारमा अख्तियारले पक्राउ गरिएको थियो ।

अनुसन्धानपछि उनीहरूले सेवाग्राहीबाट ६० लाख घुस लिएको प्रमाणित हुन आएकोले उनीहरूको उक्त कार्य भ्रष्टाचार भएको हुँदा दुवैलाई ६० लाख रुपैयाँ कायम गरी जरिवाना र कैद सजाय हुन अदालतमा मुद्दा दायर भएको छ ।

सम्बन्धित खबरहरु