Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

सुनको मूल्य ६ सय रूपैयाँ घट्यो 

न्युज कारोबार काठमाडौं फागुन २५, २०७७       

सुनको मूल्य ६ सय रूपैयाँ घट्यो 

दुइ दिन लगातर वृद्धि भएको सुन मंगलबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रूपैयाँ घटेको हो । आइतबार ५ सय र सोमबार गरी दुइ दिनमा सुन ६ सय रूपैयाँ बढेको थियो । 

आज छापावाला सुन तोलाको ८५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रूपैयाँ कायम गरिएको थियो । त्यस्तै सोमबार ८५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ८५ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी तोलामा १० रूपैयाँ घटेर १ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार २ सय ६५ रूपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित खबरहरु