Nepalese Flag २०७८ वैशाख ५ गते आइतबार   |   April 18, 2021

इंग्लिस प्रिमियर लिग : चेल्सीको महत्वपूर्ण जित

न्युज कारोबार काठमाडौं फागुन २५, २०७७       

इंग्लिस प्रिमियर लिग : चेल्सीको महत्वपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई २–० ले पराजित गरेको हो । चेल्सीका लागि जोर्गिन्होले ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । 

जितपछि चौथो स्थानको चेल्सीको २८ खेलबाट ५० अंक भएको छ । २७ खेलबाट ४६ अंक रहेको एभर्टन छैटौँ स्थानमा झरेको छ । लिग अन्तर्गत सोमबार राति नै भएको खेलमा वेष्ट ह्यामले लीड्सलाई २–० ले पराजित गरेको छ । 

सम्बन्धित खबरहरु