न्युज कारोबार
सुर्खेत
फागुन २५, २०७७
महिला दिवसकै दिन दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । आठबिस नगरपालिका- ३, निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।
नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका- ४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।
आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाल भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भइरहेको प्रहरीले जनाएको छ ।
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४