न्युज कारोबार
काठमाडौं
फागुन २२, २०७७
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक सक्रियता बढाएका छन् । शान्तिपूर्ण राजनीतिमा आएसँगै विप्लवको राजनीतिक भेटघाट बढेको हो । नेकपाले शुक्रबार सरकारसँग तीन बुँदे सहमति गरेको थियो ।
शनिबार बिहानै विप्लवले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग मन्त्री निवासमै पुगेर भेट गरे । भेटका क्रममा उनले थुनामा रहेका आफ्ना कार्यकर्ता रिहाइका विषयमा कुरा उठाएका थिए । त्यसपछि ललितपुरस्थित नख्खु कारागार पुगेका विप्लवले पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश वलीलाई भेटे । उनी पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'सहित नख्खु पुगेका थिए । विप्लवले आजै आफ्ना राजनीतिक गुरु मोहन वैद्य ‘किरण’सँग पनि भेट गरेका छन् ।
विप्वल चार कम्युनिष्ट पार्टीले गरेको संयुक्त रणनैतिक मोर्चाको बैठकमा पनि सहभागी भए । बैकठमा विप्लवसँगै क्रान्तिकारी माओवादीमा महासचिव मोहन वैद्य, नेकपका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादीका क्रान्तिकारी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’सहित मोर्चामा आवद्ध नेताहरु सहभागी थिए ।
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४