गृहपृष्ठ कटुवा पेस्तोल र गोलीसहित पक्राउ
कटुवा पेस्तोल र गोलीसहित पक्राउ
राजबिराज नगरपालिका- ६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोलीसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिष्णुपुर गाउँपालिका- ७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका- ५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् ।
बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको प्रहरीले स.७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ००:११ बजे