Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

'प्रधानमन्त्री पदले ढोका ढक्ढक्याएको छ, हामी झ्यालबाटै हेरिरहेका छौँ, ढोका अहिले नै खोलिन्न'

न्युज कारोबार काठमाडौं फागुन २०, २०७७       

'प्रधानमन्त्री पदले ढोका ढक्ढक्याएको छ, हामी झ्यालबाटै हेरिरहेका छौँ, ढोका अहिले नै खोलिन्न'

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याए पनि ढोका खोलेर ग्रहण गर्न बाँकी रहेको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकमा भएका छलफलका विषयबारे सुनाउँदै प्रवक्ता शर्माले सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याएको छ । तर कांग्रेसले ढोका खोलेर प्रधानमन्त्री पदलाई ग्रहण गरिसकेको छैन ।, हामीले संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं । यसबारेमा हाम्रो प्रस्तुति के हुन्छ भन्नेबारे छलफल हुँदैछ,' प्रवक्ता शर्माले भने । प्रधानमन्त्री पदले आफ्नो ढोका ढक्ढक्याए पनि अहिले संयमतापूर्वक झ्यालबाटै हेर्ने तर ढोका खोली नहाल्ने भएको उनको भनाई छ । प्रवक्ता विश्वप्रकाश शर्माले ढोका अहिले नै नखोलिने बताएका हुन् ।

पूर्वपदाधिकारी समेत सहभागी बैठकमा विप्लव समूहसँग सरकारको वार्ता सकारात्मक रहेको भन्दै त्यसका सहमतिबारे प्रमुख विपक्षीलाई जानकारी नदिएकोमा असन्तुष्टि जनाएका छन् । नेकपा प्रचण्ड-माधव पक्षले कांग्रेसलाई प्रधानमन्त्री प्रस्ताव गरिसकेको छ ।

सम्बन्धित खबरहरु