Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

डोटीको छपालीमा विपन्न परिवारलाई बाख्रा वितरण

न्युज कारोबार डोटी फागुन २०, २०७७       

डोटीको छपालीमा विपन्न परिवारलाई बाख्रा वितरण

पशुसेवा कार्यालयको आर्थिक सहयोगमा डोटीको छपाली (कौराडी)मा २५ जना एकल तथा विपन्न महिलालाइ बाख्रा वितरण गरिएको छ । लगनशील महिला साना किसान कृषि सहकारी संस्थाले आइतबार सायल गाउँपालिका १ कौराडीमा प्रत्येकलाइ २/२ वटा गरी ५० बाख्रा वितरण गरेको हो ।

एकल तथा विपन्न परिवारका महिलालाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष सिर्जना खड्का (डुम्रेल)ले बताइन् । उनका अनुसार बाख्रा पकेट कार्यक्रमअन्तर्गत विपन्न महिलालाई बाख्रा वितरण गरिएको हो । सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलको प्रमुख अतिथ्यतामा बाख्रा वितरण गरिएको थियो ।

सम्बन्धित खबरहरु