Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

सम्झना बोहरा हत्याका अभियुक्त सार्वजनिक

न्युज कारोबार काठमाडौं फागुन २०, २०७७       

सम्झना बोहरा हत्याका अभियुक्त सार्वजनिक

गुल्मीमा युवतीको हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । बिहीबार रेसुंगा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको हत्या गरेको अभियोगमा ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको शव घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा फेला परेको थियो । लालबहादुरले सोही दिन नै हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लालबहादुरले बेपत्ता भएकी सम्झनाको खोल तलास गर्ने कार्यमा पनि सक्रियता देखाएका थिए । अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु