nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंकले गर्‍यो विद्यार्थीलाई पोशाक वितरण

महालक्ष्मी विकास बैंकले गर्‍यो विद्यार्थीलाई पोशाक वितरण

महालक्ष्मी विकास बैंकले गर्‍यो विद्यार्थीलाई पोशाक वितरण

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले २०७७ फाल्गुन १७ गते सोमबार सिद्घार्थनगर नगरपालिका–४, दोगहरामा अवस्थित दुर्गा माद्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ ।

सिद्घार्थनगर नगरपालिका –४ का अध्यक्ष मुक्तियादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु