nmb bank

गृहपृष्ठ पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

झापाको विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लिमिटेडले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले काउण्टरको मंगलबार उद्घाटन गरेका हुन् ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । एक्स्टेन्सन काउण्टर सञ्चालनपश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 

यसका साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्‍याउने प्रतिवद्धता जनाएको छ । बैंकले २१३ वटा शाखा कार्यालय, १८९ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित समय : ००:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु