Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

अवहेलना मुद्दामा प्रचण्डको जवाफ- उद्दण्डे निवेदन दर्तासमेत नहुनुपर्ने हो

न्युज कारोबार काठमाडौं फागुन १६, २०७७       

अवहेलना मुद्दामा प्रचण्डको जवाफ- उद्दण्डे निवेदन दर्तासमेत नहुनुपर्ने हो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सर्वाेच्च अदालत पुगेका छन् । अदालतमा विचाराधीन मुद्दाका विषयमा टिप्पणी गरेपछि उनका विरूद्ध अवहेलना मुद्दा परेको थियो । अधिवक्ता समीर हायूले सो रिट दायर गरेका थिए ।

उक्त मुद्दामा गत माघ २१ गते सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड अदालत पुगेका हुन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भने सर्वोच्चले सरकारको निर्णय बदर गरिदिइसकेको छ । 

अवहेलना मुद्दाको जवाफ दिँदै प्रचण्डले संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्ति एकै दिन भएको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् । ‘वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भइरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहान्न,’ प्रचण्डको लिखित जवाफमा भनिएको छ ।

सम्बन्धित खबरहरु