Nepalese Flag २०७८ वैशाख ३ गते शुक्रबार   |   April 16, 2021

एनआइसी एशिया बैंकको कार्डबाट ‘सस्तोडिल’मार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता

न्युज कारोबार काठमाडौं फागुन १५, २०७७       

एनआइसी एशिया बैंकको कार्डबाट ‘सस्तोडिल’मार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता

डिजिटल बैंकिङलाई प्रर्वद्धन गर्दै आएको एनआइसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई-कमर्श प्ल्याटफर्म sastodeal मार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ । यस बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई-कमर्श भुक्तानी गर्दाको हकमा ग्राहकहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ ।

बैंक र sastodeal बीचको समझदारीअनुसार २०७७ फागुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफूलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गरेको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्थासमेत गरेको छ ।

यस योजनामा एनआइसी बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई-कमर्श भुक्तानी सुविधा लिएका ग्राहकहरु सहभागी हुन सक्नेछन् । यसका लागि ग्राहकहरूले बैंकको iServeडिजिटल सेवा (https://iserve.nicasiabank.com)मा रहेको कार्डसम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई-कमर्श सुचारु गरी अनलाइन भुक्तानी गर्न सक्नेछन् । अनलाइन किनमेल गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएसँगै अनलाइन भुक्तानी गर्नेहरूको संख्यामा समेत तीव्र रुपमा वृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकलाई Cashless Economy बनाउन सहयोग पुर्‍याउन यस योजनाले सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटीएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाखभन्दा बढी ग्राहक रहेको यस बैंकले गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको छ ।

सम्बन्धित खबरहरु