Nepalese Flag २०७८ वैशाख ५ गते आइतबार   |   April 18, 2021

मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

न्युज कारोबार काठमाडौं फागुन १५, २०७७       

मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। जसले गर्दा आज दिउँसो पहाडी क्षेत्रका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम बेलुकीसम्म नै रहने महाशाखाका मौसमविद्ले बताएका छन् ।

अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ । यस्तै तराईका थोरै ठाउँहरुमा हल्का कुहिरो र हुस्सु लागेको छ भने अरु ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।

सम्बन्धित खबरहरु