Nepalese Flag २०७८ वैशाख ३ गते शुक्रबार   |   April 16, 2021

अब सेकेन्डभरमा हेर्नुहोस् आईपीओको नतिजा

न्युज कारोबार काठमाडौं फागुन १५, २०७७       

अब सेकेन्डभरमा हेर्नुहोस् आईपीओको नतिजा

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेकेन्डभरमै आईपीओको नतिजा हेर्न सकिने गरी सिस्टम विकास गरेको छ । लगानीकर्ताको डिम्याट अकाउन्ट जथाभावी बाँड्न रोक लगाएको सीडीएससीले महिला लघुवित्तको आईपीओको नतिजा हेर्न समस्या भएपछि शुक्रबार रातभरमा सिस्टम विकास गरेको हो ।

मर्चेन्ट बैँकरहरुले विभिन्न अनलाइन सञ्चारमाध्यममा लगानीकर्ताका गोप्य विवरण उपलब्ध गराइरहेका बेला सीडीएससीले बुधबारदेखि रोक लगाएको थियो । मेरो सेयर, आईपीओ बिक्री प्रबन्धक र आईपीओ जारी गर्ने कम्पनीले मात्र आफ्नो वेबसाइटमा नतिजा हेर्ने व्यवस्था मिलाउनुपर्ने गरी सीडीएससीले निर्देशन दिएको थियो । तर, महिला लघुवित्त र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैँकिङको वेबसाइट नखुलेपछि लगानीकर्ताको चाप मेरो सेयरमा परेको थियो ।

लगानीकर्ताको चाप बढेका कारण मेरो सेयरको वेबसाइटमा पटक-पटक समस्या आयो । लगानीकर्ताले नतिजा हेर्न पाएनन् । आफ्नै गोप्य विवरणको सुरक्षाका लागि डिम्याट अकाउन्ट अन्यत्र नदिने निर्णय लिए पनि सामाजिक सञ्जालमा सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यको चर्को आलोचना गरे । सूचनाको हकको हवाला दिँदै लगानीकर्ताका गोप्य विवरण लिइरहेका अनलाइनका सञ्चालकहरु आईपीओको नतिजा दिन नपाएपछि सीडीएससी र विवरण बाँड्न नहुने भनेर लगातार आवाज उठाइरहेका सेयर बजार विश्लेषक रविन्द्र भट्टराईमाथि खनिए ।

तर, धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ अनुसार लगानीकर्ताको हितमा कदम चालेको सीडीएससी हतोत्साहित नभई सिस्टम बनाउनतिर लाग्यो । शुक्रबार दिनभर चौतर्फी दबाबमा परेको सीडीएससीले रातभर लगाएर रिजल्ट हेर्ने सकिने गरी सिस्टम विकास गरेको छ ।

नयाँ सिस्टममा एकैपटक लाखौँ लगानीकर्ताले सहजै नतिजा हेर्न सक्ने सीईओ आचार्यले बताए । शुक्रबार रातभर लगाएर सिस्टम बनाएका छौँ,’ उनले भने, ‘अब सबै लगानीकर्ताले एकैपटक नतिजा हर्ने चाहे पनि सक्नेछन्, कुनै व्यवधान आउने छैन ।

नतिजाका लागि iporesult.cdsc.com.np क्लिक गर्नुपर्नेछ ।

साथै, १३ गते सेयर कारोबार भई १६ गतेभित्र राफसाफ गर्नुपर्ने धित्रोपत्रको ईडीआईएस प्रविष्टि गर्ने समायावधि पनि बढाएर सीडीएससीले १६ गते बिहान ७ बजेसम्म प्रविष्टि गर्न सकिने जनाएको छ ।

यो पनि पढ्नुहोस्

सूचनाको हक भन्दै सेयर लगानीकर्ताका गोप्य विवरण माग्दै

सम्बन्धित खबरहरु