Nepalese Flag २०७८ वैशाख ३ गते शुक्रबार   |   April 16, 2021

बुधबार ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज

न्युज कारोबार काठमाडौं फागुन १२, २०७७       

बुधबार ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।

बुधबार थप ७१ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट २ हजार ६६ जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५५५ जना छन् । जसमध्ये ६३ जना क्वारेन्टिनमा छन् ।

सम्बन्धित खबरहरु