Nepalese Flag २०७७ फागुन २० गते बिहीबार   |   March 04, 2021

राताम्ये सेयर बजार, २१ अंकले घट्यो नेप्से

न्युज कारोबार काठमाडौं फागुन ११, २०७७       

राताम्ये सेयर बजार, २१ अंकले घट्यो नेप्से

मंगलबार सेयर बजार रताम्ये देखिएको छ । लगातार उकालो लागेको सेयर बजार परिसूचक नेप्से मंगलबार भने २१ अंकले घटेको छ । व्यापार समूहबाहेकका सबै उपसमूह ओरालो लागेका छन् ।

लगातार उकालो लागेको नेपाल इन्फ्राक्चर बैंक (निफ्रा)का लगानी कर्ताले आज सबैभन्दा बढी घाटा व्यहोरेका छन् । आइतबार भने निफ्रामा कारोबार सुरु भएको सुरुमै सकारात्मक सर्किट लागेको थियो । त्यस्तै मंगलबार भने सुरुमै नकारात्मक सर्किट लागेर १० प्रतिशत घाटा भएको छ । त्यस्तै सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा दोस्रो नं मा देखिएको छ आँखुखोला जलविद्युत कम्पनी । सो कम्पनीका लगानीकर्ताहरु आज ६.६७ प्रतिशत गुमाएका छन् ।

आज व्यापारबाहेकका सबै उपसमूहहरु ओरालो लागेका छन् । व्यापारमा भने ०.९ प्रतिशत उकालो लागेको छ भने बाँकी सबै कम्पनीहरु ओरालो लागेका छन् । बैंकिङ समूहले ०.४१, होटल १.५४, विकास बैंक १.१२, जलविद्युत ०.६, वित्तीय ०.५९, निजीवन बिमा ०.४, उत्पादनमुलक १.६८, अन्य २.३३, माइक्रोफाइनान्स, ०.१४, जीवन बिमा ०.११ र म्याचुअल फन्ट १.१९ प्रतिशतले घाटामा गएको छ ।

२०५ कम्पनीका एक करोड ७७ लाख १४ हजार ९१२ कित्ता ८ अर्ब ५६ अर्ब १५ लाख ३९ हजार ४२६ रुपैयाँको कारोबार भएको छ । त्यस्तै ठूला ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ विन्दु पनि ओरालो लागेको छ । आज २.२१ अंकले ओरालो लाग्दा ४६७.९४ अंकमा झरेको हो ।
 

सम्बन्धित खबरहरु