न्युज कारोबार
काठमाडौं
फागुन ११, २०७७
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक मंगलबार बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।
'बैठकले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको स्तर र परिस्थितिको समीक्षा भयो । त्यसमा निर्वाचनको विषय स्वतः पर्छ,' बैठकपछि परिषद्का सदस्य सचिव रेश्मिराज पाण्डेले भने । उनका अनुसार बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शंकरदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए ।
नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ । सदस्य सचिवका रुपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा पेश भई छलफल हुने संवैधानिक व्यवस्था छ । (रासस)
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५