न्युज कारोबार
काठमाडौं
फागुन १०, २०७७
एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका- १, बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उहाँकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् । सोमबार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अहिले इलाका प्रहरी कार्यालय जौवारीका इन्स्पेक्टर ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको एसपी गुरुङले जानकारी दिए । घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म घटनाका बारेमा थप केही बताउन नसक्ने उनको भनाइ छ । (रासस)
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५