न्युज कारोबार
काठमाडौं
फागुन ९, २०७७
आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक झिनो अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६४०.३४ अंकमा पुगेको छ ।
साताको पहिलो दिन आइतबार सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य धेरै बढेको छ । हाइड्रोपावरको सव–इन्डेक्स ४ प्रतिशतभन्दा धेरैले बढेको छ । आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । सो हाइड्रोपावरमा लगानीकर्ताले १० प्रतिशत बढी कमाएका छन् । त्यस्तै शिवश्री हाइड्रोपावरका लगानीकर्ताले पनि १० प्रतिशत बढी कमाएका छन् ।
व्यापार ०.५४, विकास बैंक १.०७, होटल ०.५९, उत्पादनमुलक ०.०८, अन्यमा १.८८ र म्याचुअल फन्ट सब–इन्डेस्कको ६.४ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.३७, वित्त ०.३५, जीवन बिमा १.९६, निर्जीवन बिमा ०.६४ र लघुवित्त उपसमूहको १.०१ प्रतिशत बढेको छ ।
नेप्से परिसूचक बढ्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स २.२० अंकले घटेको हो । कारोबार रकम भने ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा माथि भएको छ । २०७ कम्पनीका २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँ पुगेको छ ।
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५