Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

सीडीएसका हाकिमलाई प्रश्न‑ कृषि विकास बैँकका खाता नम्बर पनि बाँड्नुहुन्थ्यो ?

न्युज कारोबार काठमाडौं फागुन ९, २०७७       

सीडीएसका हाकिमलाई प्रश्न‑ कृषि विकास बैँकका खाता नम्बर पनि बाँड्नुहुन्थ्यो ?

सेयर बजार विश्लेषक रविन्द्र भट्टराले सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद चार्यला कृषि विकास बैँकका खाता नम्बर पनि पेनड्राइभमा हालेर बाँड्नुहुन्थ्यो भनेर प्रश्न गरेका छन् । विभिन्न सञ्चारमाध्यमबाट पटक‑पटक पेनड्राइभमा लगानीकर्ताको डिम्याट अकाउन्ट नम्बर हालेर विभिन्न निजी अनलाइन पोर्टलला बाँड्नु गलत भएकाले रोक्न वाज उठाए पनि बेवास्त गरेपछि भट्टराले सामाजिक सञ्जाल फेसबुकमा चार्यला प्रश्न गरेका हुन् ।

जुनियर लेभलबाट सेवा प्रवेश गरेका आचार्यले करिब तीन दशक कृषि विकास बैँकमा बिताएका छन् । उनले एक वर्षअघि मात्र बैँकको उपमहाप्रबन्धक पदबाट अवकाश पाएका थिए । उनी आउनु अघिदेखि नै मर्चेन्ट बैँकरहरूले पेनड्राइभमा लगानीकर्ताका डिम्याट अकाउन्ट बाँड्ने गरेका थिए । तर, बैँकमा कार्यरत रहँदा गोपनीयताको उच्च अभ्यास गरेका आचार्यले सीडीएसको हाकिम भएर आएपछि यो गलत कार्य रोकेका छैनन् ।

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ अनुसार सेयर लगानीकर्ताका खाता नम्बर वितरण गर्न मिल्दैन । विनियमावलीको बुँदा ४७ मा भनिएको छ, ‘सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नु पर्नेछ ।'

पटक‑पटक वाज उठाउँदा पनि सीडीएससीले लगानीकर्ताका डिम्याट खाता नम्बर जस्ता संवेदनशील विवरण बाँड्न छाडेको छैन । हालै ग्रिनलाइफको आपीओ बाँडफाँडपछि पनि मर्चेन्ट बैँकरले निजी अनलाइनलाई लगानीकर्ताका अकाउन्ट नम्बर वितरण गरेको छ । निजी अनलाइनला खाता नम्बर बाँड्ने मर्चेन्ट बैँकरले फ्नै वेबसाइटबाट भने लगानीकर्ताला सूचना दिँदैनन् ।

सेयर विश्लेषक भट्टराईले प्रश्न गरेका छन्, 'सीडीएससीका नयाँ हाकिम बैँकमा काम गरेर आएका हुन् । के उनले बैँकमा काम गर्दा पनि यसरी नै सर्वसाधारणको बैँक खाता निजी अनलाइनलाई दिन्थे ?'

लगानीकर्ताका खाता नम्बर बाँड्ने कार्यमा नियामक निकाय धितोपत्र बोर्डले पनि अनुमति दिएको छ । 'लगानीकर्ताको हितको संरक्षण गर्न बसेको धितोपत्र बोर्ड यो गलत कामको साक्षी बसिरहेको छ र आफ्नो गलत कामका समाचार बाहिर नआउन् भनेर निजी अनलाइनसँग लगानीकर्ताको डिम्याट खाता साँटिरहेको छ,' उनले लेखेका छन्, 'लगानीकर्ताको डिम्याट खाता बाँड्ने काम तत्काल रोकिनुपर्छ ।'

विश्लेषक भट्टराले लगानीकर्ताका खाता नम्बर नस्फिक्री बाँड्ने सीडीएससीका सीईओ र सेबोनका अध्यक्ष भीष्मराज ढुंगानासँग जोसुकैको पोर्टफोलियो मागेर हेर्न सकिने भन्दै व्यंग्य गरेका छन् । 'तपाईंला कसको पोर्टफोलियो हेर्न मन छ ? सीडीएससीका सीईओ र सेबोनका अध्यक्षसँग माग्नुहोस्, दिन्छन् । आईपी भर्नेको डिम्याट खाता न पेनड्राइभमा निजी अनलाइनला खुइँखुइँ बाँडिराखेका छन्,' उनले लेखेका छन् ।

सेबोनका अध्यक्ष ढुंगानाले धितोपत्र बोर्डमा उनासाथै न्युज कारोबारसँगको कुराकानीमा लगानीकर्ताका विवरण बाँड्ने कार्य गलत भएकाले रोक्ने बताएका थिए । त्यस्तै सीडीएससीका सीईओले पनि लगानीकर्ताका गोप्य विवरण बाँड्नु गलत भएकाले बोर्डसँग कुरा गरेर तत्काल रोक्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर, महिनँ बित्दा पनि लगानीकर्ताका विवरण बाँड्न छाडिएको छैन ।

यो पनि पढ्नुहोस्

चार लाख सेयर लगानीकर्ताको 'डिम्याट अकाउन्ट दुरुपयोग'

डिम्याट अकाउन्ट दुरुपयोगको आशंका, धितोपत्र बोर्ड भन्छ‑ नियमन गर्छौं

सम्बन्धित खबरहरु