Nepalese Flag २०७७ फागुन २० गते बिहीबार   |   March 04, 2021

मानव अधिकार वर्ष पुस्तक सार्वजनिक

न्युज कारोबार वीरेन्द्रनगर फागुन ८, २०७७       

मानव अधिकार वर्ष पुस्तक सार्वजनिक

अनौपचारिक सेवा केन्द्र इन्सेकले ‘मानव अधिकार वर्ष पुस्तक २०२१’ सार्वजनिक गरेको छ । उच्च अदालत सुर्खेतका मुख्यन्यायाधिवक्ता नहकुल सुवेदीले शुक्रबार पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै इन्सेक कणर्ालीले सन् २०२० मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ । सन् २०१९ मा यस्ता घटनामा ६ हजार ७ सय ४२ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

सन् २०२० मा मानव अधिकार उल्लंघनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी जम्मा ६ सय ७५ जना तथा ज्यादतीका घटनामा एक जना तेस्रोलिंगी, ४ हजार २ सय ७१ जना महिला, ५ सय ९५ जना पुरुष र एक जना नखुलेकोसमेत गरी ४ हजार ८ सय ६८ जना पीडित भएका इन्सेकका कणर्ाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए । यस वर्ष राज्य पक्षबाट सात जना पुरुष तथा अन्य पक्षाबाट एक जना तेस्रो लिंगी, १ सय ५८ जना महिला र १ सय ८४ जना पुरुष गरी ३ सय ४३ जनाको हत्या भएको इन्सेकले जनाएको छ । 

यो वर्ष यातनाका घटनामा नौ, गिरफ्तारीका घटनामा ३ सय ७०, जातीय विभेदका घटनामा ४८, अमानवीय व्यवहारका घटनामा २५, अभिव्यक्ति भेला तथा संगठित हुने अधिकारमा ९४, धम्कीका घटनामा २५ र कुटपिटका घटनामा ३ सय २० जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेकका अनुसार सन् २०२० मा महिलामाथि हुने हिंसाका घटनामा २ हजार ६ सय ६ जना र बालअधिकार उल्लंघनका घटनामा १ हजार ४ सय ६१ जना बालबालिका पीडित भएको अभिलेख छ ।

सम्बन्धित खबरहरु